काठमाडौँ,ललितपुरको कुम्भेश्वर एक घरमा आगलागी भएको छ। ललितपुर महानगरपालिका- १६ कुम्भेश्वर अजरमान शाक्यको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागी बिहान ९ बजेपछि सुरू भएको थियो। घरको माथिल्लो तलाबाट सुरू भएको आगालागी नियन्त्रणको प्रयास भइरहेको छ।

आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू बोलाइएको एसपी सुवेदीले जानकारी दिए।

‘बाटो साँघुरो रहेछ, दमकल जान पनि अप्ठ्यारो ठाउँ छ। घरमाथिको जस्ताहरू निकाल्ने काम भइरहेको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन,’ एसपी सुवेदीले भने।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ। विस्तृत विवरण भने खुल्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0