चितवनको,२३ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको ढुङ्गासहितको पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

बुधवार बिहान ७ः४० बजे गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको थियो ।

सडकमा ढुङ्गासहित झरेकोको पहिरो हटाएपछि सडक एकतर्फी खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प भएका थिए।

यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडक खण्ड पटकरपटक अवरुद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0