काठमाडौँ,२२ श्रावण। काठमाडौमा जारी काभा महिला नेसन्स लिगको दोस्रो सेमिफाइनलमा नेपालले इरानविरुद्धको पहिलो सेट जितेको छ।नेपालले पहिलो सेट २५ -२१ बाट जित्न सफल भएको हो ।

लिग चरणमा भने नेपाल इरानसँग ३-२ ले पराजित भएको थियो । सेमिफाइलमा नेपालले इरानसँग हारको बदला लिने लक्ष्य लिएको छ। पराजित हुने टोली तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । फाइनल पनि बुधवार नै हुनेछ।

यस अघि आजै भएको पहिलो सेमिफाइनलमा भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0