२० साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताए । उनले अगाडि भने, ‘डेमोक्रेसीका नाममा जब गुटबन्दी हुन्छ, पार्टी सकिन्छ ।’

लामो समयदेखि भएको गुटबन्दी रोक्न नसक्दा एमाले विभाजन भएको उनले बताए । ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, कतिपयले उचाल्न सक्ने भन्दै उनले भने, ‘कुनै पनि मात्राको गुटबन्दी स्वीकार्य छैन अस्वस्थ शैली स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0