काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा घरेलु टोली फ्रान्स र जापानले लगातार दोस्रो जित हात पारेको छ । समूह ए मा रहेको आयोजक फ्रान्सले गएराति गुएनालाई १-० ले पराजित गरेको हो । फ्रान्सका लागि कलिन सिलडिल्लाआले ७६ औं मिनेटमा निर्णायक गोल गरे ।

लगातार दोस्रो जितपछि दुई खेलबाट ६ अंक जोडेर फ्रान्स शीर्ष स्थानमा छ र नकआउट चरण नजिक पुगेको छ । फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डसँग खेल्नेछ र उक्त खेलमा बराबरी मात्र खेले पनि फ्रान्स समूह विजेता बन्नेछ ।

लगातार दोस्रो हार बेहोरेको गुएना भने अंकविहिनि हुँदै पुछारमा छ । एसियाली राष्ट्र जापानले मालीलाई १-० ले नै पराजित गर्दे लगातार दोस्रो जित निकालेको छ । समूह डी मा लगातार दुई खेल जितेको जापान नकआउट चरणमा समेत प्रवेश गरेको छ ।

जापानका लागि रिहितो यामामोतोले ८२औं मिनेटमा निर्णायक गोल गरेका थिए । मालीले इन्जुरी टाइममा खेल बराबरी गर्ने अवसर गुमाएको थियो । इन्जुरी टाइममको छैटौं मिनेटमा प्राप्त पेनाल्टीमा मालिका चेइकना डोम्बियाकोले गोल गर्न सकेनन् ।

जापान दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । दुई खेलबाट १ अंक रहेको माली तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0