काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन भएको छ । सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो ।

मन्त्रालयले आइतबार गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन् ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छविकालदेखि नै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि कोषले काम अगाडि बढाई सकेको समेत जनाएको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिएको समेत कोषले जनाएको छ ।

पशुपतिनाथको नाममा देशभर जग्गा रहेको र यसलाई व्यवस्थित गर्न समिति गठन गरी काम थालिएको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0