काठमाडौं । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लैनचौरस्थित मल्ल होटलबाट फिल्म ‘मेयर’को छायांकन थालेका छन् । पहिलो दिन सभाहल सम्मेलनको दृश्य खिच्दै सुटिङ सुरु भएको उनले जानकारी दिए ।

मेयरको भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछाने र लामो समयपछि फिल्ममा पुनरागमन गरेका पाका अभिनेता टीका पहारीले पहिलो दिन सुटिङ सेट ज्वाइन गरे ।

अर्पण थापा केही दिनपछि छायांकनमा जोडिने तयारीमा छन् । ३५ दिनको तालिकासहित फ्लोरमा निस्किएको फिल्मको अरु छायांकन सर्लाहीमा गर्ने तयारी छ । शुक्रबारदेखि सर्लाही प्रस्थान गर्ने तयारी रहेको निर्देशक खनालले बताए ।

अभिनेता लामिछानेले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्दैछन् । थापाकै हुलिया र हाउभाउमा खगेन्द्र प्रस्तुत छन् । खगेन्द्रले किशोर उमेरका मेयर थापा र वर्तमानका मेयर थापाका दुई भिन्न कालखण्डको चरित्र निर्वाह गर्नेछन् । यो फिल्म मेयर थापाको बायोपिक नभई उनीबाट प्रभावित हुने निर्देशक खनालले जनाए ।

दुई चरणमा चरित्र निर्वाह गर्नुपर्ने भएकाले निर्माताले विदेशबाट मेकअप सामग्री ल्याएका छन् । पशुपतिप्रसाद, धनपति र भष्मे डनपछि दीपेन्द्र र खगेन्द्रबीच यो चौथो सहकार्य हो । फिल्मको छायांकनमा जानुअघि निर्माता हेरफेर भएका छन् । यो फिल्मलाई अब निर्देशक खनालले निर्माण गर्नेछन् ।

मेयर थापाको कुरा गर्दा उनी गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए ।

पहिलो कार्यकालमा मेयर थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटकलाई आकर्षण गरी आम्दानी स्रोत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0