काठमाडौँ । नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ज्यान फ्राइलिङ्कलाई चौथो र कप्तान जरहार्ड एरास्मसलाई पाँचौ विकेटको रुपमा गुमाएको छ।

उनलाई दीपेन्द्रसिंह ऐरीले फ्राइलिङ्कलाई ४ रनमा आउट गरेका हुन् भने कप्तान एरास्मस अर्धशतकीय पारी खेल्दै कुशल भुर्तेलको बलमा आउट भएका हुन्।

हालसम्मको अवस्थामा नामिबिया २६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०८रन बनाएर खेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0