मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ  बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका– ४ ज्वालादेवीतर्फ आउने क्रममा ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको थियो।

घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटाैंडा अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0