काठमाडौँ । पहिलो पावरप्ले (१० ओभर) मै चार विकेट लिएपछि बलिङमा आएका नामिबियाका कप्तान जेरहार्ड एरासमसले नेपालको मिडिलअर्डर ध्वस्त पारिदिएका छन्।

पार्टटाइम स्पिनर बलर एरासमसले थप ७ ओभर बलिङ गरेर नेपालका थप चार विकेट लिएपछि नेपाल अहिले आठ विकेट गुमाएर १०७ रनको स्थितीमा छ।

एरासमसले कुशल मल्ल, भिम सार्की, सोमपाल कामी र गुल्शन झाको विकेट लिएका छन्।

यसअघि इनिङको सुरुवातमा नामिबियाका सलामी बलर रुबेल ट्रम्पलम्यान र ज्याक ब्रसेलले नेपाललका २/२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0