कपिलवस्तुको तौलिहवामा सम्पन्न जिल्लास्तरीय मेयर कप मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्धभूमि नगरपालिकाका बिन्जन बस्नेत र जितेन्द्र घिमिरेको जोडीले जितेको छ।

तौलिहवाका रीतेश थापा र रोहित बरालको जोडीलाई २–१ सेटले हराउँदै बस्नेत र घिमिरेको जोडीले सो उपाधि जितेको हो।

जितसँगै बस्नेत र घिमिरेले १२ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाए। उपविजेता थापा र बरालको जोडीले ८ हजार नगद पायो। तेस्रो भएका जोडीहरू माहोम्द हुसेन र सुदीप चौधरी तथा सन्दीप श्रेष्ठ र सिद्धार्थ कार्कीको जोडीले चारचार हजार पाएका छन्।

यस्तै ४५ माथिका भेट्रान जोडीको उपाधि रीतेश थापा र सन्दीप श्रेष्ठले जितेका छन्। सञ्जय गुरुङ र बलराम न्यौपाने दोस्रो तथा बलबहादुर क्षत्री र अशोक श्रेष्ठ तथा माहोम्द हुसेन र कृष्ण केसीको जोडी तृतीय भए। अन्डर फिफ्टिन छात्रतर्फ निश्चल अग्रहरीले उपाधि जितेका छन्। द्वितीय अशुतोष कसौधन तथा तृतीय प्रिन्स क्षेत्री र सन्दीप अर्याल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0