बुद्ध राईको मौलिक लोक शैलीको गित “सोल्टिनी चिनो साटौला…” बजारमा

0
84
adCustom Text

गायक/ संगीतकार बुद्ध राईको स्वर र संगीतमा रहेको रोमान्टिक प्रेमिल गित” सोल्टिनी चिनो साटौला ..” बजारमा आएको छ। बुद्धलाई गितमा रिमी राईले साथ दिएकी छिन् । गितमा मायाप्रेममा संगै बाच्ने बाचा गरिएको छ ।

युवकले घरमा कुरा नमिले भगाएर लैजाने भनेका छन् भने युवतीले आफुले साचो प्रेम गरेको कुरा गितमा प्रस्तुत छ। यस गितका गितकार र संगीतकार स्वयम् बुद्ध राई हुन् । ए लेभेल स्टुडियोमा रेकर्ड गरिएको यस गित सुमन राईले एरेन्ज गरेको छन् भने मिक्सिङ्ग भने गोबिन्द सोनिले गरेका छ्न् ।

रेकर्डको काम सुबास कुथुमी राईले गरेका छन् भने क्यामराको काम मदन राईले गरेका छन् ।यस गितबाट आफू निकै आशावादी रहेको गायक/संगीतकार बुद्ध राईले बताए ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here