ललितपुर – ललितपुर स्थित गोदावरी नगरपालिका वडा ३ को गोदावरी बसपार्क क्षेत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीको उपस्थितिमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम बिहान सात बजे सुरु भएर करिब एघार बजे समापन भएको थियो।

गोदावरी पर्यावरण क्षेत्रकाे हिसाबले देशकै नमुना ठाउँ भएको मन्त्री किराँतीले बताउनुभयो। गोदावरी नगरपालिका वडा ३ कार्यालयले आयोजना गरेको उक्त बृहत् सरसफाइ कार्यक्रमको प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीले गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमुना ठाउँ भएको र यस क्षेत्र जडीबुटी तथा वनस्पति यहाँ पाइने भएकाले घुम्न तथा अवलोकन गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
साथै उहाँले नेपालकै पर्यटन क्षेत्र भएको यस क्षेत्रलाई सफा र सुन्दर बनाएर राख्न तथा देशभर डेंगी र स्क्रब टाइफसको संक्रमण बढ्दै गएकाले यस क्षेत्रलाई स्वच्छ र सफा राख्न सबैलाई अनुरोध गर्नुभएको छ ।

वडा अध्यक्ष राज घिमिरेले वडा ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरहरुको उचित व्यवस्थापन गरी टोललाई सफासुग्घर राख्नुपर्ने बताउनुभयो ।उक्त कार्यक्रममा मन्त्री, जनप्रतिनिधिहरु, सरसफाई अभियान कर्ता, स्थानीयवासी, कर्मचारी, ब्यावसायिक र प्रहरीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय स्वस्फूर्त रुपमा ठूलो संख्यामा सहभागी भएका थिए।