पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा २० वर्षीया युवतीको मृत्यु

0
136
adCustom Text

सोमबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो।

पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here