गोदावरी शान्तिवन पौडोलमा स्थानीयको सहभागीता सहित सरसफाइ कार्यक्रम सम्पन्न
ललितपुर । गोदावरी नगरपालिका वडा नं.३ गोदावरी,शान्तिवन पौडोलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। नेकपा माओवादी केन्द्र निकट भातृ तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा गोदावरी वडा न. ३ का वडाध्यक्ष राज घिमिरेको प्रमुख आतिथ्यतामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र,तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल,अखिल नेपाल महिला संघ क्रान्तिकारी,वाईसीएल नेपालका नेता,पदाधिकारीहरु र स्थानीयको सहभागितामा सरसफाइ गरिएको थियो।
‘आफ्नो ठाउ आफै बनाउ’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै सम्पुर्ण पौडोलबासि , तामाङ मुक्ती मोर्चा गोनपा ३ कमिटी , अनेमा संघ ( क्रान्तिकारी ) , पौडोल होमस्टे समुह , पौडोलका महिला समुहहरु , जेष्ठ नागरिकहरु लगायतले संयुक्त रुपमा आयोजना गरी बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको वडा कार्यालय तीन वाईसीएल वडा कमिटी अध्यक्ष सुरेन्द्र तामाङले बताउनुभयो।
युवाहरूले सामाजिक कार्यमा सक्रिय हुनुपर्छ र सरसफाइलाई सधै प्राथमिकता राख्नुपर्छ भन्ने भावना जागृत गर्नका लागि सरसफाईको कार्य गरिएको गोदावरी वडा ३ का वडाध्यक्ष राज घिमिरेले बताउनुभयो।