पाकिस्तान उडे सन्दीप लामिछाने

0
72
Nepal’s Sandeep Lamichhane prepares to bowl during a team training session at the Affies Park on Wednesday, ahead of their ICC World Cricket League Division-II match against Namibia. Photo Courtesy: Raman Shiwakoti
adCustom Text

काठमाडौं, भदौ ११ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज कतारको दोहा हुँदै पाकिस्तानतर्फ प्रस्ताहन गरेका छन् । उनलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको थियो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ।

तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यानं) ले टोलीसँगै लगेको थिएन। उनका सर्मथकहरुले विमानस्थल पुगेर भव्य विदाई गरेका छन् । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ।

पाकिस्तान अहिले विश्वको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here