सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

0
67
adCustom Text

काठमाण्डौ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here