सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, कतिमा हुँदैछ किनबेच ?

0
69
adCustom Text

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो । सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here