मामासँगको प्रेम सम्वन्धमा अड्चन आए पछि राजेश्वरीले रोजिन आत्महत्या

0
107
adCustom Text

मामासँगको प्रेम सम्वन्धमा दिदी बाधक बन्दा राजेश्वरीले आत्महत्या रोजिन मामासँगको प्रेम सम्वन्धमा दिदी बाधक बन्दा धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालले आत्महत्या गरेकी छिन्। दार्चुलाको मार्मा गाउँपालिका–६, सतोलीकी डडाल धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बसेर स्कुलमा पढाउँदै आएकी थिईन।

गत वैशाखदेखि करार शिक्षकका रुपमा भर्ना भएकी उनी नातामा मामा पर्ने मार्मा गाउँपालिका–६, मौरेका जगदिश कोट्टारीसँग प्रेम सम्वन्धमा थिईन। कोट्टारी विवाहित हुन भने डडाल अविवाहित। जानकारी अनुसार राजेश्वरीको फेसबुक उनकी दिदी रञ्चनाले पनि चलाउने गरेकी थिइन। फेसबुकमा जगदिशसँगको सम्वाद देखेपछि उनीहरुको प्रेम सम्वन्धका विषयमा रञ्जनाले जानकारी पाईन। उनले सोही कुरा बुवा राजेन्द्रसिंहलाई सुनाईन।

राजेन्द्रले जगदिशलाई फोन गरेर सम्झाउँछन् र राजेश्वरीलाई पनि मोबाईलको सिमकार्ड परिवर्तन गरेर डडेल्धुरास्थित माइलो भाई गोपालसिंहको घर पठाउँछन्। भदौँ लागेपछि स्कुलको बर्खे बिदा सकिएर राजेश्वरी पुनः धनगढी पुग्छिन्। त्यही जगदिश र राजेश्वरीको भेट हुन्छ। जगदिशले राजेश्वरीलाई विवाह गर्ने प्रस्ताव र मन्दिरमा सिन्दुर हाल्ने बताउँछन्। यहीबीचमा उनीहरु सँगै रहेको बुबा राजेन्द्रलाई जानकारी हुन्छ।

उनले आफन्तहरुलाई सम्पर्क गरेर दुवैलाई प्रहरीको जिम्मा लगाउन सुझाव दिन्छन्। राजेन्द्रको आग्रह अनुसार नै आफन्तले दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाए। भदौँ ५ गते दुवै पक्ष छलफलका लागि बस्छन्। प्रहरीले अलग बस्ने कागज गराएर दुवैलाई छोडिदिन्छ।

त्यसको भोलीपल्ट नै राजेश्वरीले आत्महत्या गरेकी छिन्। ६ गते बिहान धनगढी–३ को राना मन्दिर नजिकैको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा राजेश्वरीको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले राजेश्वरीले लेखेको सुसाइड नोट पनि फेला परेको छ ।

सुसाइड नोटमा उनले जगदिशले धोका दिएको बताएकी छिन्। मृतकका बुवा राजेन्द्रले पनि जगदिशकै कारण छोरीले आत्महत्या गरेको वताउँदै कारवाहीको माग गरेका छन् । प्रहरीले जगदिशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इन्स्पेक्टर सन्तोष बस्यालले बताए।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here