नेपाल ईलेक्ट्रिसियन सङ्घ र ईगल मेनपावर कन्सलटेन्टकाे संयुक्त आयोजनामा आयाेजित रक्तदान कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि १७५ ओै सर्वाधिक रक्तदाता सम्राट नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यकाे प्रमुखद्वारा नेपाल ईलेक्ट्रिसियन सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश कुमार दाहाललाई ब्लड ब्याग दिएर कार्यक्रम शुभारम्भ गरिएकाे कार्यक्रममा सङ्घका महासचिव दामाेदर प्याकुरेलले अतिथिहरुलाई स्वागत मन्तव्य ब्यक्त गर्नुभएकाे कार्यक्रमका विशेष अतिथि काठमाण्डाै बिधुतिय ब्यवसायी सङ्घका अध्यक्ष दिबेस कुमार जैनले रक्तदाताहरुमा शुभकामना प्रदान गर्दै ईलेक्ट्रिसियन सङ्घ सङ्ग सहयात्रा गरेर अगाडि बढन आफू तयार रहेकाे जानकारी दिनुभयाे।
कार्यक्रम उपस्थित अतिथि वक्ताहरु नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर कमिटि सचिव अनिल भण्डारी ,ईगल मेनपावरका प्रमुख कृष्ण ढकाल,पत्रकार अमृत सागर लगायत वक्ताहरुले कार्यक्रम सफलताकाे शुभकामना र रक्तदाता हरुमा शुभकामना ब्यक्त गर्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि रक्तदाता सम्राट नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्षद्वारा स्वयंसेवी रक्तदाता आजका प्रमुख अतिथि रहेकाेले वहाहरुलाइ शुभकामना दिनुहुदै नेपाल ईलेक्ट्रिसियन सङ्घका अध्यक्ष तथा कार्यक्रम सभापति प्रकाश कुमार दाहलकाे ४० ओै जन्म दिन परेकाे दिनलाई अवसर पारेर आयाेजित रक्तदान कार्यक्रम समेत भएकाले जन्मदिनकाे शुभकामना समेत प्रदान गर्नुभयाे ।
प्रमुख अतिथि कर्माचार्यले बाेल्ने क्रममा स्वयंसेवीले फ्रिमा दिएकाे रगत चर्काे शुल्क लिएर बिरामीलाई हैरानि दिई रगत उपलब्ध हुन साेर्स फाेर्स लगाउनु पर्ने, रक्तदान क्याम्पमा खटिने कर्मचारीकाे रुखाे ब्यबहारले रक्तदान गर्ने ब्यक्ति सस्था प्रति निरासा छाएकाे बताउनुभयाे ।
आफू र आफ्नाे सिङ्गाे संस्थाले निशुल्क रगत पाउनुपर्ने आवाज उठाउदै गरेकाे एक घर एक स्वयंसेवी रक्तदाता,सबैका लागि सहज र स्वस्थ रगतका लागि आफू र आफ्नाे टिम लागि रहेकाे र लागिरहने याे अभियानमा जाेडिन सम्पुर्ण सङ्घ सस्थालाई आहावान समेत गर्नुभयाे।
कार्यक्रम समापनमा कार्यक्रमका सभापति नेपाल ईलेक्ट्रिसियन सङ्घका अध्यक्ष प्रकाश कुमार दाहालले सम्पुर्ण उपस्थित अतिथिहरुमा धन्यबाद दिने क्रममा प्रमुख अतिथिकाे उच्च सम्मान दिनुभएकाे नेपालकै सर्बाधिक रक्त दाता हामीहरुका प्रेरणाका श्राेत रहेकाे बताउनु भयाे ।
विशेष गरि आफ्नाे जन्मदिनकाे अबसर पारेर रक्तदान कार्यक्रम आयाेजना गरिदिने सङ्घ कार्यसमिति साथिहरु ,ईगल मेनपावर जस्ले आफ्नाे जन्मदिन विशेष तरिकाले मनाउनेमा उल्लेख्य भुमिका खेलेकाे ईगल मेनपावरका कृष्ण ढकाललाई विशेष धन्यबाद दिनु भयाे ।
कार्यक्रममा अहम भुमिका खेल्ने सस्थाका काेषाध्यक्ष पदम नाथ शर्मा,महासचिब दामाेदर प्याकुरेल कार्यसमिति साथिहरु र कार्यक्रम संयाेजक राधेश्याम फुयाल शर्मालाई धन्यबाद ब्यक्तगर्नु भयाे रक्तदान कार्यक्रममा ४५ जना स्वयंसेवी महिलापुरुषले सभक्तिपुर्वक रक्त दान गर्नु पहिलाे पटक रक्तदान गर्नुहुने रक्तदाताले हामी नियमित रक्तदान गर्ने समेत बताउनु भयाे ।
संस्थाका अध्यक्षले ५८ पटक रक्तदान गरि सकेकाे बताउनु भयाे। केही सहभागिले आफ्ना आफन्तलाई रगत चाहिदा नपाएकाे पिडाले गर्दा कार्यक्रम प्रमुख अतिथि सङ्गकाे भेटपछि वहाकाे प्रेरणाले नियमित रक्तदान कार्यक्रमा सहभागी हुने गरेकाे एक रक्तदाताले बताउनु भयाे। ईलेक्ट्रिसियन सङ्घका अध्यक्षकाे जन्मदिनमा ईगल मेनपावर कन्सलटेन्टले विशेष कार्यक्रम समेत आयाेजना गरेकाे थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै जाने ईगलमेनपावरले बताएको छ।