छोरा गुमाएका कलाकार सानु ताम्राकारको निधन

0
38
adCustom Text

भदौ ९, २०८० काठमाण्डौ – कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ बजेर २० मिनेट जाँदा ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतवार बिहान पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।’ अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताउनुभयो ।

मेरी मामु, भुइँ मान्छे, ग्याम्ब्लर, पललगायतका चलचित्रमा अभिनय गर्नुभएका कलाकार ताम्राकारकी श्रीमती रुक्मणि ताम्राकार हुनुहुन्छ । ताम्राकारका छोरा सारुक ताम्राकारले गएको असार २१ गते आत्महत्या गर्नुभएको थियो । छोराले आत्महत्या गरेयता उहाँ अस्वस्थ हुनुहुन्थ्यो ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here