गुल्मी अस्पतालमा देखिन थाल्यो रगत अभाव

0
118
adCustom Text

गुल्मी अस्पतालमा उपचारका लागि आएका बिरालागी रगतको खोजीमा भौँतारिनुपरेको गुनासो गर्ने गरेका छ्न ।

यसो त रगतको अभाव हुँदा प्रसूति, मुटु, क्यान्सर, मिर्गौलाका बिरामी, थाल्सेमिया, हेमोफिलियाजस्ता रोगका साथै आकस्मिक शल्यक्रियाहरू समेत प्रभावित हुन जान्छन् ।

गुल्मी अस्पतालको हालत अहिले यस्तै भएको छ।यहाँ हिजो आज रगतको माग धेरै बढेको छ । धुर्व कुवरलाई रगतको मात्रा कम भएर रगत अत्यावश्यक भए पछि नेपाल स्वयम सेवी रक्तदाता समाज गुल्मी शाखालाई हस्पिटलले गुहार्यो। ब्लड व्यवस्थापन गर्ने रक्तदाता समाजका केन्द्रिय सदस्य ध्रुर्व पान्डेले रक्तदान गर्ने डोनरलाई सम्पर्क गरी नारायण श्रीस, सलिना राना र सुमन श्रीसले रक्तदान गरी जिवनदान दिनुभयो । गुल्मी अस्पतालमा मासिक १० देखी १५ पोका रगत खपत हुने धुर्व पाण्डेले जानकरी दिनुभयो ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here