फिल्म ‘शिवानी’ ले ५२० कमाएको भनी ट्रोल गरेपछि निर्मल भन्छन्: हामी सुध्रिनु जरुरी छ

0
53
adCustom Text

ताप्लेजुङ, ११ श्रावण । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शिवानी’ को कमाइलाई लिएर अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

सोही फिल्ममा जोडिएका निर्माता तथा अभिनेता निर्मल शर्माले भने यो विषयमा प्रतिक्रिया दिएका छन्। उनको तस्वीरलाई समेत जोडेर फिल्मको ट्रोल भइरहेको बेला शर्माले फेसबुकमा स्टाटस लेख्दै सुध्रिनु जरुरी रहेको बताएका छन्।

उनले अरुको फिल्म चल्दा दुःखी हुने र नचल्दा खुसी हुने भन्दै कटाक्ष समेत गरेका छन्।

उनले लेखेका छन्, ‘शिवानी’ आम्दानी रु५२०, बोर्डका अनुसार। १८२० वर्षअघि जतिबेला काठमाडौं सहरका भित्ताभित्तामा शुक्रबार प्रदर्शन हुने चलचित्रहरुको पोस्टर टाँसिन्थ्यो। त्यही पोस्टर टास्ने भाइहरुको अनुरोधमा उनीहरुको त्यतिबेलाको मेहनत अनि दुस्खको सम्मान गर्दै उक्त चलचित्रका सम्पूर्ण कलाकारहरु समावेश भएको एउटा गीतमा म पनि आवद्ध भएको थिएँ। तर बिडम्बना चलचित्र चलेन। हामी प्रायस् अरुको फिल्म चल्दा दुस्खी हुने र नचल्दा खुसी हुने गर्छौं। आफू नै सुध्रिनु जरुरी छ।’

चलचित्र विकास बोर्डले यसैसाता सार्वजनिक गरेको गत आर्थिक वर्षमा रिलिज भएका फिल्मको ग्रस कमाइ विवरणमा ‘शिवानी’को कमाइ ५२० रुपैयाँ उल्लेख छ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here