ताप्लेजुङ–पाँचथर सडकखण्ड अन्तर्गत फुङलिङ–काबेली क्षेत्रमा सडक अवरुद्ध

0
41
adCustom Text

ताप्लेजुङ, ११ श्रावण । ताप्लेजुङको खोक्से क्षेत्रमा गएको पहिरोका कारण मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अन्तर्गत फुङलिङ–काबेली क्षेत्रमा सडक अवरुद्ध भएको छ।

बिहीबार बिहान झरेको पहिरो पन्छाउन निकै समय लाग्ने भएकोले अवरुद्ध सडक कतिबेर खुल्ने भन्ने अनिश्चित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) गोपाल भुजेलले जानकारी दिए।

उनले अवरुद्ध सडक खुलाउने प्रयास स्वरुप ताप्लेजुङ र पाँचथर दुबै जिल्लाका स्काभेटर प्रयोग गर्ने तयारी भएको बताए।

ताप्लेजुङतर्फबाट स्काभेटरले बिहानैबाट अवरोध हटाउने प्रयास गरिरहेको र एकतर्फीबाट मात्रै अवरोध हटाउन असम्भव देखिएकोले पाँचथरतर्फका स्काभेटर समेत प्रयोग गरी अवरोध हटाउने प्रयास भइरहेको उनले जानकारी दिए।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here