राति परेको चट्याङमा वडा सदस्यको निधन

0
50
adCustom Text

राेल्पा ५ श्रावण । गए राति परेको चट्याङमा जिल्लामा एक वडा सदस्यको निधन भएको छ।सुनछहरी गाउँपालिका-३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्ती मगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक घर्ती मगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चटयाङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले बताए। चटयाङमा परी अन्य ठाउँका  केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here