बिराटनगरमा सुर्तीजन्य पदार्थ किनबेच र प्रयोगमा प्रतिबन्ध

0
49
adCustom Text

विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो। यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखनमा प्रतिबन्ध लगाएको महानगरले अब भने प्रयोगमा पनि प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा प्रतिबन्ध लगाएपछि विराटनगरका व्यवसायी आन्दोलित भएका छन्। विराटनगरका पान पसलेहरू सोमबार पसलै बन्द गरेर आन्दोलनमा उत्रिए। पान पसलमा मिठा पान मात्रै बेच्न पाउने जर्दा पान बेच्न नपाउने भएपछि व्यापारीहरू पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

गुट्खा, खैनी, चुरोटजस्ता सुर्तीजन्य वस्तुको बिक्री वितरण र प्रयोगमा महानगरपालिकाले प्रतिबन्ध लगाए पनि यस्ता वस्तु उत्पादन गर्ने उद्योगलाई उत्पादनमा प्रतिबन्ध नलगाएको व्यवसायीको गुनासो छ। उनीहरूले उद्योगबाट कर लिने तर बजारमा बिक्री वितरण गर्न नदिने महानगरपालिकाको नीति ठीक नभएको गुनासो गरेका छन्। विराटनगर महानगरपालिकाले साउन १ देखि विराटनगरभित्रका सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न अनुमति लिएका सबै पसलको इजाजत पत्र नै रद्द गरेको छ। विराटनगरका पान व्यवसायी प्रद्युम्न पाण्डेको नेतृत्वमा पान व्यवसाय
संघ तदर्थ समिति गठन गरेर संगठित भएका छन्।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here