पर्यटक बढे पनि घट्यो पर्यटकले गर्ने खर्च

0
28
adCustom Text

नेपालमा पर्यटकहरूले गर्ने औसत खर्च घट्दा त्यसले पर्यटनसँग सम्बन्धित व्यवसायीहरूलाई भने चिन्तित बनाएको छ। पर्यटन बोर्डका अनुसार नेपालमा आउने पर्यटकहरूको सङ्ख्या क्रमिक रूपमा बढिरहेको भए पनि उनीहरूले नेपाल बसाइका क्रममा गर्ने खर्च भने घटिरहेको पाइएको छ।

बोर्डका निर्देशक समेत रहेका सहाप्रवक्ता मणि लामिछानेका अनुसार पछिल्लो विवरण अनुसार नेपालमा पर्यटकहरूले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलर (करिब ५,४०० नेपाली रुपैयाँ) मा खुम्चिएको छ।

यसअघि सन् २०२१ मा पर्यटकहरूले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गरेका थिए। यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारन्टीनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको बताइन्छ।

तर त्यसअघि पनि नेपाल आउने पर्यटकहरूको प्रतिदिन औसत खर्च ५० अमेरिकी डलर आसपास हुने गरेको विभिन्न तथ्याङ्कमा उल्लेख छ। यसको प्रमुख कारण नेपालमा पर्यटक आउने देशहरूको अर्थतन्त्रमा आएको मन्दीसँगै कोभिड महामारीको प्रभाव पनि हुनसक्ने जानकारहरू बताउँछन्।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here