इन्टर मियामीसँग मेसीको आधिकारिक सम्झौता, २०२५ सम्म अमेरिकी क्लबमा रहने

0
22
adCustom Text

काठमाडौँ, ३१ असार । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।

मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ।’ गत वर्ष आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेसीले भने ।

मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’

इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेलमा लागि मेसी उपलब्ध हुनेछन् ।

बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।
मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here