बलिउडका टप सेलिब्रेटीको बर्डिगार्डले साढे २ करोड बढी तलब खान्छन्

0
38
adCustom Text

काठमाडौँ, २९ असार । बलिउड कलाकारहरुले आफ्नो आफ्नो सुरक्षामा धेरै खर्च गर्ने गर्दछन्। बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।

यी सेलिब्रेटीहरुलाई प्रायः तिनीहरूका अंगरक्षकहरूले चौबिसै घन्टा सुरक्षा गरिरहेका हुन्छन्। बडीगार्डलाई सबैभन्दा बढी पारिश्रमिक शाहरुख खानले दिने गरेको भारतिय सञ्चार माध्यमहरुले बताएका छन्। रिपोर्टका अनुसार खानका बडीगार्ड रवि सिंहले वार्षिक २.७ करोड अर्थात् प्रति महिना करिब १७ लाख भारु लिन्छन।

रिपोर्टका अनुसार शाहरुख खानपछि सलमान खानले आफ्नो सुरक्षामा धेरै पैसा खर्च गर्छन्। सलमान खानका अंगरक्षक शेरा करिब २९ वर्षदेखि अभिनेतासँग छन्। शेराले हरेक महिना करिब १५ लाख रुपैयाँ तलब पाउँछन्, जुन वार्षिक २ करोड हुन्छ।

रिपोर्टका अनुसार सलमानपछि आमिर खानले पनि आफ्ना अंगरक्षक युवराजलाई वार्षिक २ करोड भारु तलब दिने गरेका छन्। त्यस्तै अभिनेत्री अनुष्का शर्माका अंगरक्षक प्रकाश सिंह उर्फ ​​सोनूले पनि मोटो पारिश्रमिक लिने गरेका छन्। बडीगार्ड सोनू अनुष्काको साथ-साथै उनकी छोरी वामिका को नी सुरक्षा दिन्छन्। अनुष्काका अंगरक्षकहरूले वार्षिक १.२ करोड तलब लिने गर्छन्।

अभिनेता अक्षय कुमारको अंगरक्षक श्रेयस ठेलेले पनि वार्षिक १.२ करोड पारिश्रमिक लिन्छन्। उनले अक्षय कुमारको साथ साथै उनकी पत्नी ट्विंकल खन्ना र छोरा आरवलाई पनि सुरक्षा दिन्छन्।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here