गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

0
38
adCustom Text

२८ असार, काठमाडौं । गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका १, सिम्लेकी बेगबहादुर बलालकी १५ वर्षीय छोरी टीका बलालको मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ।  

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिईन्। उनलार्ई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएकोमा उपचारको क्रममा बुधबार राती १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो।  

मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेका अनुसार मृतक किशोरीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेपछी शव परिवारको जिम्मा लगाईएको छ।  

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here