काठमाडौं महानगर–पालिकाका मेयर बालेन शाहलाई मुद्दामा वारेस राख्ने अनुमति दिएन अदालतले

0
40
adCustom Text

काठमाडौँ, २७ असार | सर्वोच्च अदालतले काठमाडौं महानगर–पालिकाका मेयर बालेन शाहलाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। अदालतको अवहेलना मुद्दामा मेयर शाहले आफ्नो सट्टामा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले मेयर शाहलाई वारेस राख्ने अनुमति नदिने निर्णय मंगलबार गरेको हो। इजलासले अवहेलना मुद्दामा वारेस राख्ने अनुमति नदिएपछि मेयर शाह तारेखका लागि आफैं अदालत पुग्नुपर्ने भएको छ। उनले भारतीय चलचित्र आदिपुरुषलाई महानगरभित्रका हलमा चल्न रोक लगाएका थिए। यसै विषयमा चलचित्र हल सञ्चालकहरूले मेयर शाहविरुद्ध मुद्दा दर्ता गरेका थिए।

उच्च अदालत पाटनले भारतीय चलचित्र रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। त्यसै आदेशविरुद्ध मेयर शाहले सामाजिक सञ्जालमार्फत अदालत र सरकारविरुद्ध टिप्पणी गरेका थिए। त्यसपछि उनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। अधिवक्ता वर्षाकुमारी झाले अवहेलनासम्बन्धी निवेदन दर्ता गराएकी थिइन्।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here